१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

बलात्कार मुद्दामा पल शाहले अदालतबाटै पाए सफाइ, जेलमुक्त कहिले होलान ?

३ माघ, काठमाडाैँ । अभिनेता पल शाहले बलात्कार मुद्दामा सफाइ पाएका छन्। जिल्ला अदालत तनहुँले उनलाई बलात्कार मुद्दामा सफाइ दिने फैसला गरेको हो । तनहुँका जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार अन्तिम सुनुवाइ गर्दै शाहविरुद्ध लगाइएको आरोपमा दाबी नपुगेको ठहर गरेको छ ।

यसअघि नै तनहुँ जिल्ला अदालतमा पीडित भनिएको नाबालिग र जाहेरवालाले नै अदालतमा बलात्कारको आरोप झुटो भएको बयान दिइसकेका थिए।पीडितले नै अदालतमा आरोपको खण्डन गरेपछि शाहले सफाइ पाएका हुन् ।

तनहुँ अदालतबाट सफाइ पाए पनि पल शाहले तत्काल जेलमुक्त हुने छैननन् । जिल्ला अदालत नवलपुरले यसअघि शाहलाइ अढाइ वर्ष कैदको फैसला गरेको थियो । उक्त फैसला अनुसार पलले अझै डेढ वर्ष बढी कारागारमा बताउनुपर्नेछ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १८:५९