२० भदौ २०८३, शनिबार | Sun Sep 6 2026

अपि पावरले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने

३ माघ, काठमाडाैं । अपी पावर कम्पनीले लिमिटेडले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको माघ २ गते सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि प्रस्तावित ७.५ प्रतिशतले हुन आउने बोनस सेयर वितरण कायम हुने चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २११.६९ रुपैयाँको ४० प्रतिशत अर्थात १ः०.४० को अनुपात हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। कम्पनीले १०० अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।

कम्पनीले संचालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्ने निर्णय बमोजिम नियमनकारी निकाय विद्युत नियमन आयोगको पूर्व स्वीकृतिका लागि पेश गरी सहमति प्राप्त भएपछि र आगामी बस्ने कम्पनीको १९ औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिको लागि पेश भई हकप्रद शेयर जारी तथा निष्काशनको स्वीकृति प्राप्त भएपश्चात् मात्र हकप्रद शेयर निष्काशन तथा विक्रि गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : January 17, 2023 at 10:29 am