१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

विद्यार्थी आन्दोलनमा त्रिविबाट ताराजस्तै उदाएका मदन विष्ट

– मंगल थापा

‘साँचो नेता त्यो हो जसले समयमा जटिल परिस्थितिको सामना गर्छ ।’ हो त्यस्तै आफ्ना जीवनका हरेक चुनौतीसँग सामना गरेर विद्यार्थी आन्दोलनमा सरिक भएका क. मदन दाइको पृथक त्याग र बलिदानको बारेमा धेरैलाई थाहा छ ! जुन योगदानलाई विश्वविद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीले सम्झेको पनि पाइन्छ !

वि.सं. २०६२÷०६३ को लोकतान्त्रिक गणतन्त्रको जन–आन्दोलनमा सरिक भई कीर्तिपुरमा घाइते समेत हुनुभएको थियो । यो कुरा अखिल प्रत्येक नेता कार्यकर्तालाई पनि उत्तिकै थाहा भएको कुरा हो ! उहाँ विद्यार्थीको रूपमा टियुमा आउनुभन्दा अगाडि अखिलको सङ्गठन वि.सं. २०६५ स्ववियु चुनावमा अखिल तेस्रो संगठनको रुपमा रहेको थियो ! जतिखेर मदन बिस्ट टियुको विद्यार्थी नेताको रूपमा सक्रिय भएर राजनीति गर्न थाल्नु तब विश्वविद्यालयमा शैक्षिक रूपान्तरणका आन्दोलन भव्य र सभ्यका साथ अगाडि बढे । त्रि.वि. का विद्यार्थीहरुका माझ लोकप्रिय विद्यार्थी नेताका रुपमा परिचित हुँदै जानुभयो ।

समय आजजस्तो सहज थिएन । त्यतिखेर देशका दुर्गम ठाउँबाट आएका विद्यार्थीहरूको छात्रावासदेखि छात्रवृति सम्मका गम्भीर मुद्दालाई लिएर सधैँ विद्यार्थीका पक्षमा आफ्नो आवाज बुलन्द पार्दै अगाडि सरिक भए ! जो विद्यार्थीसँग आर्थिक समस्या थिए त्यस्ता विद्यार्थीको लागि उचित वातावरण, व्यवस्थापन मिलाउनको लागि निरन्तर त्रि. वि. प्रशासनसँग लडिरहे ! जब म २०७३ सालमा डिग्री भर्ना हुनको लागि टियु आए त्यस बखत टियुमा उहाँको निकै लोकप्रिय नाम थियो ! हरेक पढ्ने विद्यार्थीले अनेरास्ववियुमा एउटा असल नेताको रूपमा क. मदन बिस्टलाई लिने गरेको मैले पनि पाएको हुँ !

मंगल थापा

विद्यार्थी आन्दोलनलाई सधैँ प्रभावकारी, प्रभावशाली तरिकाले अग्रसर गराउने उहाँको चाहना थियो र छ ! प्रत्येक जुझारू साथीहरूलाई आन्दोलनमा सरिक गराएर जहिले पनि विद्यार्थी आन्दोलनलाई सही कार्यदिशातिर लैजानु पर्छ भन्ने खालको बहस उहाँले चलाउनु हुन्थ्यो! लोकतन्त्र को लागि ठुलो त्याग गरेर अनेरास्ववियुको आन्दोलनमा निरन्तर लागेका सबै साथीहरूले उहाँको योगदानलाई सम्झेका छन् !

त्रिविजस्तो विश्वविद्यालयबाट आफ्नो विद्यार्थी राजनीति सक्रियताका साथ अगाडि बढाएका मदन बिस्टले जहिले पनि आन्दोलन र विद्यार्थीको सुन्दर भविष्यलाई केन्द्रमा राखे । उनीहरूसँग कहिल्यै खेलवाड गरेनन् ! निरन्तर विद्यार्थीको हकअधिकारको लागि लडिरहेका मदन दाइलाई आजको दिनमा देशका विभिन्न ठाउँमा रहेका विद्यार्थी र युवाका आफ्नो अभिभावकको रूपमा लिएको पाइन्छ! विश्वविद्यालयको विकास त्यहाँको रूपान्तरणको लागि त्रिविका प्राध्यापक, सहप्राध्यापकसँग निरन्तर छलफलमा लागि परे !

अर्को स्मरणीय कुरा के छ भने विश्वविद्यालयमा स्वतः प्राध्यापक नियुक्ति गर्ने जस्तो गम्भीर विषयलाई बिस्टकै नेतृत्वमा स्थगन गरियो र अहिले खुला प्रतिस्पर्धाबाट प्राध्यापक नियुक्ति गर्ने थिति बसेको छ । मजस्तै लाखौँ विद्यार्थीलाई राहतदेखि भर्ना तथा सुखदुःखको समयमा सहयोग गर्न समेतका काममा पछि परेनन् ! अब हुने अखिलको महाधिवेशनमा उहाँको कहालीलाग्दो पीडादायक सङ्घर्षलाई बुझेर उहाँ जत्तिको नेतालाई अगाडि बढाउनु हाम्रो जिम्मेवारी हो !

कठिन परिस्थितिमा पनि निरन्तर नेपाली विद्यार्थी आन्दोलनमा निरन्तर लागि परे ! नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउबा पनि विश्वविद्यालय क्याम्पसका नेविसँघ सभापति बन्दै पटक–पटक देशको नेतृत्वदायी भूमिकामा पुगेको कुरा पनि जगजागेर छ । कुनै बेलामा हालका एमाले पार्टीका महासचिव शंकर पोख्रेल त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापति भएर आफ्नो राजनीतिक यात्रालाइ देशको राजनीतिमा राम्रो पहिचान बनाएको इतिहास तपाइँ हाम्रो बिचमा साक्षी छ !

उहाँको राजनीतिक यात्रालाई निरन्तर अध्ययन गरेर क. मदन बिस्टले आफ्नो राजनीतिक यात्रालाई अघि बढाएको तथ्य जगजाहेर रहेको मैले पाएको छु ! सधैँ निष्ठाको राजनीति गर्नु पर्छ भन्ने खालको चिन्तन उहाँमा रहेको पाएको छु ! विद्यार्थी आन्दोलनलाई वैज्ञानिक तरिकाले लैजानु पर्छ र आन्दोलनलाई आधुनिक समाजको प्रतिनिधित्व गर्ने खालको अखिल बनाउनु आवश्यक छ भन्ने खालको धारणा दिने गरेको पाएको छु !

मदन विष्ट

वार्ता र संवादबाट सबै समस्याको समाधन गर्न सकिन्छ भन्ने भावना भएको एक नेताको रुपमा कमरेड मदन दाइलाई सबैको नेताको रूपमा मैले पाएको छु ! कक्षा ११ र १२ देखि नेपाली विद्यार्थी आन्दोनमा सरिक भएका लोकप्रिय विद्यार्थी नेता मदन दाइको त्याग उदाहरणीय छ! त्यतिखेर विद्यार्थी राजनीति गर्दा खेरी कहिल्यै भोक्भोकै त कहिल्यै निद्रा नभनी निरन्तर आन्दोलनमा होम्मिएका मदन दाइको कठिन राजनीति यात्रा पनि छ ! विभिन्न जटिल समस्याका खातिर आफुलाई बलियो बनाइ अघि बढेका हुन् मदन दाइ !

हरेक समस्यालाई सही तरिकाले उजागर गरेर विद्यार्थी आन्दोलनलाई देशव्यापि रूपमा लिन्छन् उनले ! जहिले नि विद्यार्थी राजनीतिलाई देशको मेरुदण्ड बनाउन आफ्नो आवाजलाई निरन्तर अघि बढाउँछन् उनी ! उहाँको लिडरसिपमा विश्वविद्यालयमा भएको तालाबन्दी संस्कारलाई फरक तरिकाले लैजानु पर्छ र विश्वविद्यालयमा तालाबन्दी गर्ने प्रवृतिको अन्त्य गर्नु आवश्यक हो भनेर तालाबन्दीको अन्त्य गराएको इतिहास विश्वविद्यालयमा छ ! सत्यसँग नडग्ने शक्तिसँग नझुक्ने भन्ने ओलि बाको नारा, सिद्धान्तको मुल मर्म भावनालाई मन्थन गर्दै अथवा त्यो भनाइलाई मान्दै अगाडि बढेका देशभक्त युवा नेताको रूपमा लिएका छौ ! धन्यवाद ।

(थापा त्रिभुवन विश्वविद्यालयमा मानविकी तथा सामाजिकशास्त्र संकायमा अंग्रेजीमा एम.फिल-पीएच.डी गर्दैछन ।)

प्रकाशित मिति : January 16, 2023 at 8:03 pm