२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

विद्युत नियम आयोगले रिडी पावरलाई दियाे लाभांश वितरण गर्ने अनुमति

२९ पुस, काठमाडाैं । विद्युत नियम आयोगले रिडी पावर कम्पनी लिमिटेडको लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ। कम्पनी सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशत नगद लाभांश गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी स्वीकृतिका लागि आयोगमा पठाएको थियो। आयोगले पुस २६ गते कम्पनीलाई पत्र पठाउँदै लाभांश वितरणका लागि स्वीकृति दिएकाे हाे ।

कम्पनीले आफ्नो वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन गरी कम्पनीले सेयरधनीहरुलाई वितरण गर्नेछ।

प्रकाशित मिति : January 13, 2023 at 12:13 pm