कुमारी बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क -कसले दिन पाउछन् आवेदन ?
२९ पुस, काठमाडाैं । कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकको संस्थापक सेयरधनी सीता गुरुङले आफ्नो नाममा रहेको ७५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न बैंकमा निवेदन दिएको हुनाले साे सेयर बिक्री गर्न लागेकाे बैंकले जनाएकाे छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालयमा निवेदन दिन आग्रह गरेको हो ।
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि सेयरधनीहरुबाट कुनै पनि आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति : January 13, 2023 at 9:58 am









