६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

२७ पुस, धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले उनलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरेपछि उनले आज मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

माओवादी केन्द्रका खगराज भट्टको प्रस्ताव तथा नागरिक उन्मुक्तिका रामेश्वर चौधरीको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई एमालेका १०, माओवादीका ११ र नागरिक उन्मुक्तिका ७ सांसदको समर्थन छ ।

प्रकाशित मिति : January 11, 2023 at 7:57 pm