५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

१७ लघुवित्तले घोषणा गरे लाभांश, कुनकाे कति ?


२७ पुस, काठमाडाैं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । अहिलेसम्म १७ लघुवित्तहरुले लाभांश घोषणा गरेका छन् ।

डिप्रोक्स लघुवित्त, महुली लघुवित्त, निर्धन उत्थान लघुवित्त, महिला लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, साना किसान विकास लघुवित्त, आरएमडीसी लघुवित्त, आँधिखोला लघुवित्त , नेरुडे लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, सिवाईसी नेपाल लघुवित्त, गुराँस लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसी लघुवित्त, साधना लघुवित्त र मिर्मिरे लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश घोषणा गरेका हुन् ।

१) डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। पुस २५ गते सोमबार बसेको कम्पनी सञ्चालक समतिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट १० प्रतिशत बोनस सेयर र ११.०५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत गरी) कुल २१.०५२६३ नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

२) महुली लघुवित्त वित्तीय संस्था लिमिटेड

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। पुस २५ गते सोमबार बसेको कम्पनी सञ्चालक समतिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत गरी) कुल २५ नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

३) निर्धन उत्थान लघुवित्त वित्तीय संस्था

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि२० प्रतिशतले लाभांश दिने निर्णय गरेको हो ।

४) महिला लघुवित्त वित्तीय संस्था लिमिटेड

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

५) जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

६) साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीहरुलाई २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

७) आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

८) आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद (कर प्रयोजन) गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

९) नेरुडे लघुवित्त वित्तीय संस्था

नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद गरि कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

१०) फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षकाे मुनाफाबाट शेयरधनीहरुलाई  हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि)  गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

११) सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई  हाल कायम चुक्तापूँजीको ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद (कर प्रयोजन) लागि गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

१२) गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस र ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

१३) मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

१४) फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (कर प्रयाेजनका लागि)  गरी ३० प्रतिशत लाभांश दिने दिने निर्णय गरेकाे छ । लाभांश पारितका लागि कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।

१५) आरएसडिसी लघुवित्त वित्तीय संस्था

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी ११ प्रतिशत लाभांश दिने भएको छ ।  कम्पनीले पुस २९ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।

१६) साधना लघुवित्त वित्तीय संस्था लिमिटेड

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद (कर प्रयोजन) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।

१७) मिर्मिरे लघुवित्त वित्तीय संस्था

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर मात्रै वितरण गर्ने भएको छ । कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १५:३६