२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

अधिकार माग्ने मात्र होइन कर्तव्य निर्वाहमा जिम्मेवार हुनेप्रति ध्यान जानुपर्छः माधव नेपाल

२६ पुस, काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् विघटनकाे अधिकार प्रधानमन्त्रीमा नरहेकाे बताएका छन् । मंगलबार संसदमा सम्बाेधन गर्ने क्रममा उनले यस्ताे बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीले स‌ंसद् विघटन गर्ने अभिव्यक्ति गठबन्धन हाे भन्दै प्रश्न गरेका उनले यसलाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाइने भन्दै उनले संसद विघटन गर्ने अधिकार नरहेकाले यस्ता गाेलचक्करमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

नेता नेपालले अधिकार माग्नेप्रति मात्र होइन कर्तव्यप्रति जिम्मेवार बन्नुपर्ने बताए । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले अधिकार माग्ने मात्र होइन कर्तव्य निर्वाहमा जिम्मेवार हुनेप्रति ध्यान जानुपर्ने बताए ।

बजेट कनिका छरेर देश समृद्धि नहुने भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताए । देशको सबै धर्म, संस्कृति र भाषालाई जोगाउनुपर्ने बताउँदै अध्यक्ष नेपालले देशको अर्थतन्त्रको आधार रहेको कृषि क्षेत्रको विकास गर्नुपर्ने बताए । देशको अर्थतन्त्रको आधारशीला रहेका पर्यटन र जलविद्युतको क्षेत्रको विषयलाई सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले स‌ंसद् विघटन गर्ने अभिव्यक्ति गठबन्धन हाे भन्दै प्रश्न गरेका उनले यसलाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने भन्दै उनले संसद विघटन गर्ने अधिकार नरहेकाले यस्ता गाेलचक्करमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिए । उनले भ्रष्टाचारकाे विकेन्द्रीकरण भएकाे बताए । पालिका पालिकामा कराेडाैंका मालिक जन्मेकाे उनले दाबी गरे ।

प्रकाशित मिति : January 10, 2023 at 3:32 pm