२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

लोकतन्त्रलाई प्रक्रियामात्र होइन व्यवहार बनाऔँः सन्तोष परियार

२६ पुस, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई प्रक्रियामात्र नभएर व्यवहार पनि बनाउनुपर्ने वेला आएकाे बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले लोकतन्त्रलाई हालसम्म प्रक्रियामात्र बनाएको भन्दै अब व्यवहार पनि बनाउनुपर्ने जाेड दिए ।

उनले आफूहरू संसद र राजनीतिमा नयाँ पार्टीमात्र नभएर विचार र सिद्धान्त पनि बाेकेर आएकाे बताए । उनले भने, ‘शासन प्रणालीमा देखिएका खास जटिलता चिर्न सक्ने गरी हामी आएका हाैं । हामी सरकारमा जाने की नजाने भनेर मतान्तर भएकाे थियाे । तर, जनताले हामीलाई सरकारमा गएरै समाज सुधार गर्न मत दिएकाे ठहरसहित सरकारमा गयाैं ।’

देशका जनशक्तिलाई विदेशमा मजदुरीको रुपमा नभएर भ्रमणका लागि पर्यटक बनेर जान सक्ने बनाउनुपर्नेमा जोड दिएका उनले समाजमा नकारात्मक कुरामात्र भएकाले अब सम्भावनाको खोजी गर्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको सांसद परियारले जानकारी दिए ।

प्रकाशित मिति : January 10, 2023 at 3:19 pm