६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

देशको अर्थतन्त्र गम्भीर अवस्थामा छः केपी ओली

२५ पुस, काठमाडौं। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जात र विविधताको मात्र नभएर समग्र राष्ट्रिय संस्कृतिको संरक्षण र सम्वर्द्धनमा जोड दिनुपर्ने बताएका छन् ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले जातको मात्र कुरा गरेर हुनेवाला छैन । हामीले विविधताको मात्र कुरा गरेर हुनेवाला छैन ।

हामीले राष्ट्रिय संस्कृतिको समग्रतामा रक्षा, सम्वर्द्धन, हजारौँ वर्ष लगाएर हाम्रा पूर्वजहरूले विकास र स्थापित गरेको सामाजिक उन्नत संस्कृतिको रक्षा, त्यसको सम्वर्द्धन गर्नुपर्छ ।’

संस्कृति र सामाजिक मूल्य मान्यता बिर्सिए समाज समाज नरहने उनको भनाइ छ । साथै , उनले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् ।

ओलीले धेरै वर्षपछि राजश्व असुली ऋणात्मक रहेको, विदेशी मुद्राका संचिती घटेकाले आयात गर्ने अवस्था नरहेकाले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए । आर्थिक अवस्था गम्भीर रहेका बेला देशमा निर्वाचित भएर आएका जनप्रतिनिधिले राष्ट्रहितको अवस्थामा उभिनु पर्ने जोड दिए ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १४:०८