प्रभु इन्स्योरेन्सले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?
२५ पुस, काठमाडाैं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ काे लागि सेयरधनीलाइ वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।
कम्पनीको पुस २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १०:२४