७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

बिक्रम मोक्तानले चेस र ईश्वर श्रेष्ठले जिते बाघचाल प्रतियोगिताको उपाधि

२४ पुस, एडिलेड । निर्वाना प्लसको आयोजनामा एडिलेडमा सम्पन्न चेस प्रतियोगितामा बिक्रम मोक्तान बिजयी भएका छन् । यसैगरी बाघचाल प्रतियोगितामा ईश्वर श्रेष्ठ र रुबिक क्युब प्रतियोगितामा सुदर्शन धरेल बिजयी भएका छन् ।धरेलले ५७ सेकेन्डमा सम्पन्न गरेका थिए ।

स्थानीय ग्ल्यान्डोर कम्युनिटी सेन्टरमा आयोजित प्रतियोगितामा चेस तर्फ अपिल प्रकाश कडेल उप विजेता भएका थिए । भने बाघचाल तर्फ पुस्कर कोइराला उप विजेता भएका थिए । यसै गरि बालबालिकाहरुको तर्फको चेस प्रतियोगितामा अशेष अधिकारी बिजेता र साकार सापकोटा उप बिजेता भएका थिए ।

विजयी तथा सहभागी प्रतियोगीहरुलाई एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा म्यारिन काउन्सीलकी काउन्सिलर रेनुका लामाले पुरस्कार वितरण गरेकी थिइन् ।लामाले नेपाली समुदाय विच सहकार्य र भातृको बृद्धि गर्न यस्ता प्रतियोगिताहरुले मद्दत गर्ने बताईन् । र बालबालिकाहरुका लागि समेत आयोजित यस्ता बौद्धिक खेलहरु आगामी दिनमा अझ वृह्द रुपमा आगाडी बढाउन आग्रह गरिन ।

निर्वाना प्लसका अध्यक्ष सुपक अधिकारीले सहभागी तथा सहयोगीहरुलाई धन्यवाद र आभार व्यक्त गर्दै आगामी वर्षहरुमा अझै व्यवस्थित रुपमा प्रतियोगिता संचालन गर्ने वताए । पुरस्कार वितरण कार्यक्रमको संचालन सन्तोष चालिसेले गरेका थिए ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १२:३८