६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा, कति पुग्याे ताेलाकाे ?


२४ पुस, काठमाडाैं । सुनको मूल्य याे बर्षकै उच्च मूल्यमा पुगेकाे छ । काराेबारकाे पहिलाे दिन आइतबार पनि सुनकाे मूल्य बढेर यो वर्षकै उच्च बिन्दुमा पुगेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ।

शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार ११:३५