७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

ज्योति विकास बैंकले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

२४ पुस, काठमाडाैं । ज्योति विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश घोषणा गरेको हाे ।

पुस २२ गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूकाे लागि चुक्तापुँजीकाे ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.८० प्रतिशत नगद गरि कुल ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : January 8, 2023 at 10:06 am