२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

रामकुमारी झाँक्रीसहित समाजवादीका ४ सांसदको शेरबहादुर देउवासँग गोप्य बैठक


२२ पुस, काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पार्टीका चार सांसद लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेछिन । शुक्रबार बिहान देउवाको अस्थायी निवास धुम्बाराहीमा समाजवादीका चार सांसदसहित झाँक्री पुगेको कांग्रेस स्रोतले जनाएको छ । झाँक्री ;सहित देउवा निवास पुगेका सांसदको नाम भने खुलेको छैन् ।

झाँक्रीसहितका समाजवादीका सांसदसँग देउवाले एक घण्टाबढी छुट्टै संवाद गरेका थिए । प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत पुग्न नदिन नेपाली कांग्रेसले केहीदिन यता पूरै शक्ति प्रयोग गरिरहेको छ । त्यसैका लागि जसपा र राप्रपाका नेताहरूसँग समेत देउवाले भेटवार्ता गरेका छन । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई त प्रधानमन्त्री बन्न अफर गरेको विषय सार्वजनिक भएको छ ।

समाजवादीले नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको भोलिपल्टै झाँक्रीसहित नेताहरू देउवाको निवासमा पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । झाँक्रीलाई केहीदिनअघिमात्र समाजवादीमा कारबाही गर्नुपर्ने माग समेत भएको थियो ।

शुक्रबारको भेट अनुसार देउवाको योजना सफल भए एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी दुबै फुट्ने निश्चित छ । राप्रपामा पनि मन्त्रीका लागि मरिहत्ते गर्नेको संख्या र सत्तासाझेदारीमा पाउने संख्याको अनुपात मिलाउन कठिन छ ।

कांग्रेसले प्रचण्डलाई विश्वासको मत पाउनबाट रोकेर आफ्नो सरकार बनाउन प्रयत्न गरिरहेको छ । उसले एमाले र माओवादी बिनाको गैर वामपन्थीहरूको सरकारका लागि गृहकार्य गरिरहेको छ भने आफ्ना नेताहरू र विदेशी शक्तिको बल समेत त्यसैका लागि प्रयोग गरिरहेको छ ।

यद्यपी प्रचण्डले सत्ता साझेदार दलका संस्थापन पक्षका नेताहरूसँग बसेर सरकारको न्यूनतम कार्यक्रम नै तयार गरिरसकेका छन । कांग्रेसको प्रयास अनुसारको काम तत्काल सफल नभए पनि भविष्यमा कुनै पनि समय दलहरू विभाजन भएर १० र १२ सिट प्राप्त गरेका दलका नेताहरू प्रधानमन्त्री बन्दा आश्चर्य नहुने अवस्था नआउला भन्न सकिन्न ।

देउवा तीनै व्यक्ति हुन जसले तत्कालीन एमालेका प्रेम आलेसहितका ८ सांसदलाई फ्लोरक्रस गराए वापत मन्त्री बनाएका थिए । त्यस बेलामा प्रेम आलेले नेतृत्व गरेका थिए भने अहिले झाँक्रीले नेतृत्व गरेकी छिन । दैनिकीले ८ सांसदको सूचीसहित आले देउवा निवासमा पुगेको समाचार त्यतिखेर ब्रेक नै गरेको थियो ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १८:००