२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

नेप्सेमा ६३ लाख ७४ हजार कित्ता बाेनस सेयर सूचीकृत

२२ पुस, काठमाडाैं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक कम्पनीकाे सेयर सूचीकृत भएको छ । नेप्सेमा बैंक अफ काठमाण्डूको बोनस सेयर सूचीकृत भएको हो। नेप्सेमा बैंकको ६ प्रतिशत बोनस बापतको ६३ लाख ७४ हजार ३९६ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९का लागि कुल २०.९५ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश थियाे। सोही ६ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। सूचिकृत भएको उक्त बाेनस सेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

प्रकाशित मिति : January 6, 2023 at 1:16 pm