७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

८०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदै छ काराेबार ?


२२ पुस, काठमाडाैं । लगातार बढिरहेको सुनको मूल्य साताकाे अन्तिक काराेबारकाे दिन शुक्रबार भने घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो।

योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ८०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा काराेबार भएको छ। बिहीबार चाँदी तोलामा १५ रुपैयाँले घटेर१ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार ११:३६