२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

आज सर्वदलीय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

२२ पुस, काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले आज सर्वदलीय बैठक बोलाएका छन् । जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ ।  दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ ।

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार ०९:५३