२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

एमाले भित्रको टीके प्रथाविरूद्ध गोकुल बाँस्कोटाले मुख खोले, दिए कडा चुनाैति

२१ पुस, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीभित्रको टीके प्रथाको बारेमा मुख खोलेका छन । नेताको अघिपछि गर्ने गणेश प्रवृतिका कार्यकर्तलाई टीका लगाउँदै नेतृत्व घोषणा गर्ने परिपाटीले जरा नै गाड्ने अवस्था सिर्जना हुन लागेको बेलामा पोलिटब्यूरो सदस्य बाँस्कोटाले मुख खोलेका हुन ।

संगठनमा कार्यक्षमता प्रदर्शन गर्नेभन्दा पनि नेताको अगाडि र पछाडि गरेर धनुष्टंकार शैली प्रदर्शन गर्नेहरू पुरस्कृति हुँदैजाँदा इमान्दार कार्यकर्ताहरू भने पछि परेका छन । पछिल्लो समय नेताको पछि लागेर पद हत्याउने तर संगठन चलायमान बनाउनुको साटो सुनसान बनाउने प्रवृति बढेपछि बाँस्कोटाले यसकाबारेमा मुख खोलेका हुन ।

बिहीबार बिहान सामाजिक सञ्जाल मार्फत उनले टीके प्रवृतिका संगठनका नेताहरूलाई उनीहरूको भूगोलमा पार्टीको अवस्था हेर्न र मूल्यांकन गर्न चुनाैति दिएका छन । उनले भनेका छन, ‘अरुको त थाहा छैन।तर एमाले पार्टीको भिमकाय कमिटी,सम्झनै कठीन पदीय लुर्कानाको लर्को,कयौं संगठनमा दशौंवर्ष सम्म गर्न नपर्ने अधिवेशन र तीनले अन्तको पदचाप थेग्ने कुरा छोडौ आफ्नै संगठन र भुगोलका वडामा टिकाएको मतभार हेर्ने हो भने संरचनामा ठुलो परिवर्तनको आवश्यकता भैसक्यो।’

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १९:५२