२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

भनेजति मन्त्री नपाएपछि सरकारलाई विश्वासको मतमात्रै दिने एकीकृत समाजवादीको निर्णय

२१ पुस, काठमाडौं । एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । यद्यपी समाजवादीले मन्त्री नपाउने भएकाले सरकारमा सहभागिता जनाउने छैन । समाजवादीले कम्तिमा तीन मन्त्रालयसहित सरकारमा सहभागिताको माग गरेको भए पनि अहिलेको परिस्थितिमा त्यो सम्भव नभएकाले उसले बाहिरै बसेर सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय भएको अध्यक्ष माधवकुमार नेपालले नै बताएका छन । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १५:२८