१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

होवार्टको सोसल वर्ल्डकपमा टिम नेपाललाई ओएनएफको सहयोग

२१ पुस, अष्ट्रेलिया । तास्मानिया राजधानी होवार्टमा जारी होवार्ट सोसल वर्ल्डकप फुटबल २०२३ मा टिम नेपाललाई प्रवासी नेपाली मञ्च(ओएनएफ) तास्मानियाले खेलाडीहरुका लागि जर्सी सहयोग गरेको छ । प्रतियोगितामा तास्मानियाको स्थापित नेपाली फुटबल क्लब मार्फाले नेपालको सहभागिता जनाएको छ |

टिम नेपाललाई बुधवार ओएनएफ तास्मानियाका अध्यक्ष मुगेन गौतमले जर्सी हस्तान्तरण गरेका थिए । गौतमले खेलकुद मार्फत अष्ट्रेलियामा नेपाल र नेपालीलाई परिचत गराउने र नेपाली प्रतिभाशाली खेलाडीहरुलाई अगाडि ल्याउन ओएनएफले सानो सहयोग गरेको बताए ।

हस्तान्तरण कार्यक्रममा मार्फा फुटबल क्लबका अध्यक्ष रबीन पौडेल, नेपाली सोसाइटी अफ तास्मानिया राज्यका उपाध्यक्ष केराज खनाल लगायत मार्फा क्लवका पदाधिकारी तथा ओएनएफ तास्मानियाका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।

बुधवार नै भएको पहिलो खेलमा टिम नेपालले क्रोसिया संगको खेलमा ४-१ ले विजय हासिल गरेको थियो ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १५:०९