२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

स्ववियु चुनाव चैत ५ मा गर्ने त्रिवि विद्यार्थी कल्याण परिषद्को निर्णय

२१ पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन ५ चैतमा हुने भएको छ ।

विद्यार्थी कल्याण परिषद्को बिहीबारको बैठकले स्ववियु निर्वाचन आउँदो ५ चैतमा गराउने निर्णय गरेको अनेरास्ववियुका नेता मदन विष्टले जानकारी दिए । लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा त्रिवि आलोचित हुँदै आएको थियो ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १४:१०