२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

लुम्बिनीमा पुस २७ सम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

२१ पुस, बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन् । शेरचनले पुस २७ गते बुधवार ४ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न उनले आह्वान गरेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा वहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग ५३ सांसद रहेका छन् ।

लुम्बिनीमा नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४ –४, जसपा र जनमतका ३–३ सांसद छन् । विपक्षमा रहेका कांग्रेसका २७, लोसपाका ३,राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ जना र स्वतन्त्र २ जना छन् ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १३:३७