२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

सरकारको न्यूनतम साझा कार्यक्रम आज टुंगिने

२१ पुस, काठमाडौं । सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेका छन्।   सत्ता साझेदार सात दलबाट एक-एक जना प्रतिनिधि बसेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेका छन्। गत पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने भने पनि केही ढिलाइ हुने भएको छ।

बुधबार बसेको गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय भएकाे उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बताए । उक्त बैठकमा बिहीबार मस्यौदा तयार गरिने र शुक्रबारसम्म सार्वजनिक गरिने तयारी भएकाे थियाे ।

सरकारको साझा कार्यक्रम आइसकेपछि र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने उनले बताए ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १२:३४