२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान

२१ पुस, हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।

कुनै एक दलको स्पष्ट बहुमत नभएकाले कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए ।

प्रकाशित मिति : January 5, 2023 at 11:44 am