२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

राप्रपा राजेन्द्र लिङदेनकै नेतृत्वमा सरकारमा सहभागी हुने

२१ पुस, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनकै नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । उपप्रधानसहित तीन मन्त्रालय पाउने भएपछि राप्रपा लिङदेनकै नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो । राप्रपा वर्तमान सत्ता गठबन्धनको चाैँथो ठूलो शक्ति हो ।

सत्तारूढ दलहरूको बीचमा मन्त्रालयको भागवण्डा पूर्ण रूपमा नभएको भए पनि मन्त्रालयको संख्याका विषयमा भने सहमति जुटेको बुझिएको छ । राप्रपाले बागमतीमा मुख्यमन्त्रीको दाबी छाड्ने सर्तमा तीन मन्त्री र एक राज्यमन्त्री लिने अनाैपचारिक सहमति बनेको छ । राप्रपाले सकेसम्म प्रत्यक्ष निर्वाचित भएका नेताहरूलाइ सरकारमा सहभागी गराउने बुझिएको छ ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार ११:३०