२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

लक्ष्मी र सनराइज बैंकबीच मर्जरको अन्तिम तयारी

२० पुस, काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक आपसमा मर्जरमा जाने भएको छ । यी दुवै बैंक एक आपसमा मर्जरमा जान अन्तिम तयारी रहेका हुन् । दुवै बैंकका मर्जर कमिटीले मर्जरमा जाने प्रारम्भिक छलफल गरेको बताइएकाे छ ।

लक्ष्मी बैंकले यसअघि माछापुच्छ्रे बैंकसँग मर्जरमा जान छलफल गरेको थियो। त्यहाँ कुरा नमिलेपछि लक्ष्मीले सनराइनसँग मर्जर प्रक्रिया अघि बढाएको हो।  नेपाल राष्ट्र बैंकले सनराइज बैंकलाई मर्जरमा जानका लागि ताकेता गर्दै आएको छ ।

हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : January 4, 2023 at 12:10 pm