७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रुडेन्सियल इन्स्योरेन्सले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

१९ पुस, काठमाडाैं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीकाे ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : January 3, 2023 at 10:37 am