२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिन्छः झलनाथ खनाल

१८ पुस, काठमाडौं। एकीकृत समाजवादी नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुने शर्त अघि सारेका छन् ।

सोमबार बसेको पार्टीको पोलिट्ब्युरो बैठकमा लिखित प्रस्ताव राख्दै नेता खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा जान सकिने बताएका हुन् ।

तत्काल पार्टी एकता हुन सक्ने अवस्था नरहेकाले वामपन्थी दलहरुबीच कार्यगत एकता भएमा सरकारमा सहभागी हुन सकिने खनालको प्रस्तावमा उल्लेख छ ।

आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त रहेका वामपन्थीहरुलाई अहिले मिलाउन र एकरुपता कायम गर्न नसकिने भन्दै उनले साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प नरहेको बताए । एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक बसिरहेको छ ।

प्रकाशित मिति : January 2, 2023 at 1:45 pm