२ असार २०८१, आईतवार | Sun Jun 16 2024

निर्वाचन आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्री प्रचण्डको छलफल


१८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग भेटवार्ता गरेका छन् । साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका आयुक्तहरु भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा हालै सम्पन्न चुनावको समीक्षा लगायतका विषयमा छलफल भइरहेको छ । साे  भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, आयुक्तहरू सहभागी छन् ।

यस्तै सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी छन् ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार ११:३८