१ असार २०८१, शनिबार | Sun Jun 16 2024

देशभरका सिडियोलाई गृहमन्त्री लामिछानेको निर्देशनः शीतलहरबाट जनता जोगाउनू


१८ पुस, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिएका छन् ।

देशभरका प्रमुख जिल्ला अधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका गृहमन्त्री लामिछानेले केही दिनयता चिसो बढेकाले जनतालाई जाडोबाट जोगाउन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिएका हुन् ।

केही दिनयता देशभर चिसो बढेको छ भने तराई क्षेत्रमा पनि शीतलहर चलेको छ । शीतलहरजस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न उनले सिडियोहरुलाई निर्देशन दिएका हुन् ।

सोही क्रममा मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा राजनीतिक प्रभाव कहिँ कतैपनि देखिन नहुने जनाएका छन् । मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार ११:३१