२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

१८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री प्रचण्डले साेमबार बिहान ११ बजे सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गर्न लागेका हुन्।

सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : 10:03