६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

केरूङ काठमाडाैँ रेलको सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिकको विज्ञ टोली काठमाडाैँमा


१७ पुस, काठमाडौँ । केरूङ काठमाडौँ रेल र सडकको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक काठमाडौँ आइपुगेको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार आइतबार दिउँसो चिनियाँ टोली काठमाडौँमा आइपुगेको हो । टोलीमा चिनियाँ प्राविधिक विज्ञ टोलीमा ९ सदस्य रहेका छन ।

उनीहरूले केरूङ काठमाडौँ रेल र सडकको सम्भाव्यता अध्ययन गर्नेछन । नेपाल सीमापार रेल्वेको सम्भाव्यता अध्ययन र सर्वेक्षणका लागि विज्ञ टोलीले नेपालमा महत्वपूर्ण काम गर्ने चिनियाँ दूतावासले जनाएको छ । चीनले भूपरिवेष्ठित मुलुक’बाट ‘भूजडित मुलुक’बन्ने नेपालको सपना अब साकार हुने जनाएको छ ।

दूतावासले ट्वीटर मार्फत दिएको जानकारीमा भनेको छ, ‘‘अन्तरदेशीय सडक’ निर्माणको महत्वपूर्ण चरणमा चिनियाँ प्राविधिक विज्ञ टोली भर्खरै नेपाल आएको छ र ‘भूपरिवेष्ठित मुलुक’बाट ‘भूजडित मुलुक’बन्ने नेपालको सपना अन्ततः साकार हुनेछ ।’

प्रकाशित मिति : १७ पुष २०७९, आईतवार १४:५०