२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा २४ पुससम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

१७ पुस, विराटनगर ।  प्रदेश-१ का प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तका लागि पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको दाबी पेश गर्न एक साताको समय दिएका हुन् ।

‘नेपालकाे संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १७ पुष २०७९, आईतवार १३:१४