२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, मोदीको बधाई पत्र हस्तान्तरण

१५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा राजदूत श्रीवास्तवले प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

सो अवसरमा नेपाल–भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका बधाई पत्र प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

बिहीबार अमेरिकी राजदूत थम्पसनले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका थिए । राजदूत थम्पसनले दुवै देशबीच आगामी दिनमा मिलेर काम गर्ने जानकारी दिएका थिए ।

प्रकाशित मिति : December 30, 2022 at 1:50 pm