२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बालुवाटारबाट निस्किए एमाले अध्यक्ष ओली, के विषयमा भयाे कुराकानी ?

१५ पुस, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग २ घण्टा ३० मिनेट कुराकानी गरेर अध्यक्ष ओली बालुवाटारबाट निस्किएका हुन् ।

प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद् विस्ता , सरकारको नीति तथा कार्यक्रम, प्रादेशिक सरकार निर्माणलगायत शक्ति बाँडफाँटका विषयमा छलफल भएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

प्रमुख सत्ता साझेदार दलको बिहीबार बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न एमाले अध्यक्ष ओलीको संयोजत्कवमा एक कार्यदल गठन गरेको थियो । कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउने तयारी गरेको छ ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार ११:५७