६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

१ सय ४५ रुपैयाँमा पनि बिक्री भएन सिटिजन्स बैंकको सेयर, संस्थापक नै अनिच्छुक देखिए

१४ पुस, काठमाडौं ।  सिटिजन्स बैंक लिमिटेडको सेयर संस्थापकहरूले नै किन्न अस्वीकार गरेका छन । बैंकले संस्थापकहरूका लागि लिलामीमा राखेको ५ हजार ९ सय २१ कित्ता सेयर बिक्री नभएको हो । संस्थापक सेयरधनी मध्येका एक श्रवण कुमार अग्रवालले आफ्नो नाममा रहेको सेयर बेचेर बाहिरिन चाहेका थिए  ।

उनले आफ्नो नामको सेयर बिक्री गरिदिन बैंकमा निवेदन दिएका थिए । बैंकले प्रक्रिया पुर्याएर संस्थापकहरूलाई पहिलो चरणमा खरिदका लागि आह्वान गरेको थियो तर कसैले पनि सेयर खरिदमा इच्छा देखाएनन् । बैंकका संस्थापहरूले नै १ सय ४५ रुपैयाँ को सेयर उठाउन नमानेपछि सर्वसाधरणाका लागि बिक्री खुला गरिएको छ ।

बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति वा संस्थालाई सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको छ । सेयर खरिदका लागि १ सय ४५ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बैंकले सेयरमा शिलबन्दी बोलपत्र पेश गर्नका लागि ३५ दिनको समय दिएको छ ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १२:०२