निफ्राकाे उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
१४ पुस, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काे उर्जा ऋणपत्रमा आवेदन दिने आज पुस १४ गते, बिहीबार अन्तिम दिन रहेकाे छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र निष्कासन गरेकाे हाे । जसमध्ये, सर्वसाधारणका लागि १९ लाख कित्ता छुट्याइएकाे छ । बैंकले ७ वर्ष अवधि भएको वार्षिक ७ प्रतिशत व्याज भएको ‘निफ्रा उर्जा ऋणपत्र, २०८५/८६’ नाममा ऋणपत्र निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडले रहेकाे छ ।
प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार ११:५२












