२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

घोराही सिमेन्ट उद्योग परिसरमा नेपाल एसबिआईको एक्सटेन्सन काउन्टर

१४ पुस, काठमाडौं । नेपाल एसबिआई बैंकले दाङको घोराही सिमेन्ट उद्योग परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सञ्जाल विस्तार गर्दै एक्टेन्सन काउन्टर खोलेको हो ।

सो काउन्टरको उद्घाटन बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका हुन् । उक्त समारोहमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल तथा घोराही सिमेन्ट उद्योगका कार्यकारी निर्देशक देबेन्द्र सिन्हाका साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति थियो ।

बैंकले ९१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १३१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : December 29, 2022 at 10:32 am