२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

अन्तर्घातीको सूची पठाउन कांग्रेसले थप्यो समय

१३ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले गत निर्वाचनमा भएका अन्तर्घातका विषयमा परेका उजुरीबारे निर्णय गरी पठाउने समयावधि थपेको छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको विषयमा परेको उजुरीकाबारेमा निर्णय गरी १५ पुसमा पठाइन सक्न मातहतलाई निर्देशन दिएको समितिले एक महिना समय बढाएर १५ माघसम्म पुर्‍याएको छ ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १७:५१