२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

नेप्सेमा ४ कम्पनीको सेयर मूल्य समायोजन


१३ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले  ४ कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेमा नेपाल बैंक, मितेरी डेभलपमेन्ट बैंक, प्राइम बैंक र एचआइडीसीएल कम्पनीकाे मूल्य समायाेजन गरेकाे हाे ।

१) नेपाल बैंक

नेपाल बैंकको २ प्रतिशत बोनस बोनस सेयरपछि प्रतिइकाई २८० रुपैयाँ ८८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।  नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २८६ रुपैयाँ ८० पैसाको आधारमा सेयर मूल्य समायाेजन गरेकाे हाे ।

२) प्राइम बैंक

प्राइम बैंकको ४ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २२० रूपैयाँ १० पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २२८ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

३) मितेरी डेभलपमेन्ट बैंक

१२.३५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३६४ रूपैयाँ ९३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४१० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

४) एचआइडीसीएल

एचआइडीसीएलको ५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १७७ रूपैयाँ १४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १८६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १७:०७