२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

नियमविपरित राखेका अंगरक्षक र सहयोगी ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्री लामिछानेको निर्देशन

१२ पुस, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नियमविपरित राखेका अंगरक्षक र सहयोगी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका छन । मन्त्री लामिछानेको निर्देशन अनुसार गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै मातहत सुरक्षा निकायलाई नियमविपरितका अंगरक्षक र सहयोगी फिर्ता गर्न भनेका छन ।

गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न भनेको हो । विशिष्ट व्यक्तिकाको सुरक्षाको लागि सुरक्षाकर्मी दिइने भए पनि धेरैले त्यसको दुरूपयोग गरेर सुरक्षाकर्मीलाइ घरायसी कामदारको रूपमा प्रयोग गर्दै आएका छन । यस्तो छ विज्ञप्ति ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १५:४५