५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


१२ पुस, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ७०० रुपैयाँ र तेजाबी सुन १ लाख २०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

सोमबार सुनको भाउ स्थिर रहेदै छापावाल सुन प्रतितोला १ लाख ५०० रुपैयाँ  र तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भएको थियो। आज पनि चाँदीको मूल्य स्थिर रहेकाे छ । लगातार तेस्रो दिन चाँदीको मूल्य स्थिर रहदै  तोलाको १ हजार ३९० रुपैयाँमा काराेबार भएकाे छ ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार ११:२२