७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

सीवाईसी नेपाल लघुवित्तले घोषणा गर्यो लाभांश, बाेनस र नगद कति ?

८ पुस, काठमाडाैं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ का लागि सेयरधनीलाइ वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

कम्पनीकाे पुस ७ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १०:५०