७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

१७ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आजै

४ पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १७ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी चैत ७ गते परिपक्व हुनेछ ।

१८२ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार ५ गते परिपक्व हुनेछ । ३६४ दिनका लागि २ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी २०८० पुस ३ गते परिपक्व हुनेछ ।

यी ट्रेजरी बिलको आज दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार ११:५४