प्राइम कमर्सियल बैंकले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?
१ पुस, काठमाडाैं । प्राईम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।
बैंकको मंसिर २९ गते विहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ४.९५ प्रतिशत नगद लाभांश गरी कुल ८.९५ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार ०९:५४












