७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

छुट्ला है ! एक कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२९ मंसिर, काठमाडाैं । प्रभु बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभा तथा लाभांश प्रयोजनका लागि बैंकले पुस १ गते बुक क्लोज गर्ने तय गरेको छ । त्यसैले आज मंसिर २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागि हुन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

बैंकले हाल कायम चुक्ता पूँजीबाट ६.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

साेही लाभांश पारित गर्न बैंकले पुस १४ गते साधारण सभा बाेलाएकाे छ । सभा बैंककाे केन्द्रीय कार्यालय, बवरमहल, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुने जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १०:२२