७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

सनराइज बैंकले लाभांश वितरण नगर्ने, सेयरधनीकाे हात खालि

२६ मंसिर, काठमाडाैं । सनराइज बैंकले लाभांश वितरण नगर्ने भएको छ ।बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि सेयधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हाे ।

बैंक सञ्चालक समितिको  बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष ७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । याे हिसावले याे बर्ष सेयरधनीकाे हात खालि हुने छ ।  बैंकले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने प्रस्ताव गरेको छ ।

बैठकले बैंकको गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह वितरणलगायतका वित्तीय विवरण तथा अनुसूचीहरु राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार १०:२१