१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

जापानी प्रधानमन्त्री आवे  ५५३ मत प्राप्त गरी पार्टी अध्यक्षमा पुन बिजयी

४ असाेज, टोकियो । जापानका प्रधानमन्त्री सिन्जो अबे सत्तारुढ दलको अध्यक्षमा आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गरी पुनः निर्वाचित भएका छन् । उनको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा आवे अध्यक्ष निर्वाचित भएका हुन् ।

यस विजयसँगै आवे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहने निश्चित भएको छ । उनका विरुद्धमा उम्मेदवार बनेका अर्का नेता सिगेरु इसाबाले २५४ मत मात्र प्राप्त गरी पछि परेका  थिए भने इसाबा जापानको पूर्व रक्षामन्त्री  समेत थिए । जापानी प्रधानमन्त्री अबे संविधान संशोधनको मुख्य एजेण्डाका साथ प्रधानमन्त्रीमा निर्वातित भएका हुन् ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार १४:३७