९४ करोड ६० लाखकाे काराेबार हुँदा सोमबार यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री
२८ कार्तिक, काठमाडाैं । साताको दोस्रो काराेबारकाे दिन साेमबार सेयर बजारमा हरियाली छाएको छ । केही दिन यता निरन्तर ओरालो लागेको सेयर बजारमा आज भने दोहोरो अकंले बढेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०४ अकंले बढेर १९०४.२६ बिन्दुमा बन्द भएको छ । आज २२६ कम्पनीहरुको २४ लाख ५२ हजार ८४ कित्ता सेयर किनबेच हुदाँ ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँको कारोबार भएको हो ।
आज सेयर बजारमा सुधार देखिँदा शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड ९६ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।
साथै, हिमालयन डिस्टलरीको ८ करोड९९ लाख ५ हजार रुपैयाँ, ङादी ग्रुपको ७ करोड ८३ लाख ४५ हजार रुपैयाँ, गोर्खास फाइनान्सको २ करोड ५३ लाख १० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १५:१७













